माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् यजेन्डा
मेरोन्यूज
२०८२ असोज ९ गते ७:५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ ।
यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएकाे छ ।
यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत रहेकाे छ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया