जी मोटर्सको ‘हामी सँगै गुड्ने छौं’ अभियान घोषणा

काठमाडौं । जी मोटर्स प्रालिले नेपालमा विद्यमान आर्थिक मन्दी र देशभरि भएका अपूरणीय क्षतिका कारण सवारीसाधन गुमाएका नेपालीलाई लक्षित गर्दै ‘स्काइवेल जी मोटर्स परिवार’ ले एक विशेष योजना घोषणा गरेको छ ।
दशैं र दैनिक तथा व्यावसायिक साझेदारी सहज बनाउने उद्देश्यले कम्पनीले तत्काल नयाँ स्काइवेल ईभी डेलिभरी गर्ने विशेष योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो योजना विषम परिस्थिति मध्यनजर गर्दै ग्राहकलाई सहयोगी बन्न ल्याइएको हो । यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफ्नो नजिकमा रहेको स्काइवेलको शोरुममा गई आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेमको कागजात बुझाउनुपर्ने छ । कागजात बुझाए लगत्तै ग्राहकले तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकको अपूरणीय क्षति मनन गर्दै कम्पनीले १० लाखसम्मको विशेष सहयोग पनि दिने जनाएको छ । यसका साथै हरेक स्काइवेल ईभी खरिदमा आइफोन १७ पनि प्राप्त हुने कम्पनीले जनाएकाे छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया