खाजा खर्च बचाएर तीन सय जनालाई निःशुल्क कपडा

दमौली (तनहुँ)।तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट ३०० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका छन् । विद्यालयमा गठित इन्ट्र्याक्ट क्लबमा सहभागीहरूले पूर्वविद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा आज व्यास-५ पाटनमा १५० र व्यास-३ प्रशासनचोकमा १५० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका हुन् ।
तीन वर्षदेखि प्रत्येक दसैँको पूर्वसन्ध्यामा निःशुल्क कपडा वितरण गर्दै आइएकाले यस वर्ष पनि निरन्तरता दिइएको क्लबका अध्यक्ष निजल आलेले बताए। विपन्न वर्ग लक्षित कार्यक्रममा आफूलाई मन परेको पाँच-पाँच थान कपडा वितरण गरिएको उनको भनाइ छ । उनले भने, “विद्यालयमा गठित क्लबमा रहेका विद्यार्थीले खाजा खर्च कटाएर रकम सङ्कलन गरेका थियौँ । सोही रकमबाट विपन्नलाई कपडा वितरण गरेका हाैँ ।”
विद्यार्थीले खाजा खर्च कटाएर रु १२ हजार सङ्कलन गरेका जनाउँदै आलेले केही सहयोगी दाताहरूले पनि कपडा प्रदान गरेकाे उल्लेख गरे । दसैँलाई लक्षित गरी विद्यार्थीले अतिआवश्यक हुनेलाई निःशुल्क कपडा वितरण गर्ने गरिएको विद्यालयका वीणा कैनीले बताए । उनले भने, “विद्यार्थीमा सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरेका हौँ ।”















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया