११.५१ अंकले बढेर बन्द भयो सेयर बजार
मेरोन्यूज
२०८२ असोज १२ गते १७:३५

काठमाडौँ । दसैँ बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।
आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।अन्तरिम सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेपछि एक वर्ष ‘होल्ड’ गर्नुपर्ने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले सेयर बजार सुधार हुने गरी तत्काल, मध्यकाल र दीर्घकाल गरी बजार सुधारका सुझाव दिएको छ ।
कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन गरेको खण्डमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । त्यसले गर्दा पनि बजार सकारात्मक भएको हो ।
सम्बन्धित
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया