तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु

काठमाडौँ। सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरकाे पुनःनिर्माण सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिए ।
उक्त मन्दिर, हिन्दू-बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उहाँले बताउनुभयो । विसं २०७२ को भूकम्पमा पुनःनिर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणबस १० वर्ष लागेको थियो । आव २०८०/८१ को बजेटमा विनियोजन भएपछि विसं २०८१ असार १९ गतेदेखि उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको हो ।
रु १० करोड पाँच लाख लागतमा पुनःनिर्माण हुन लागेको मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ । मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने छ । महानगरप्रमुख शाहले उक्त मन्दिर पुनःनिर्माण मात्र नभएर संस्कृतिको पुनःजागरणसमेत भएको बताए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया