तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु

काठमाडौँ। सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरकाे पुनःनिर्माण सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिए ।
उक्त मन्दिर, हिन्दू-बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उहाँले बताउनुभयो । विसं २०७२ को भूकम्पमा पुनःनिर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणबस १० वर्ष लागेको थियो । आव २०८०/८१ को बजेटमा विनियोजन भएपछि विसं २०८१ असार १९ गतेदेखि उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको हो ।
रु १० करोड पाँच लाख लागतमा पुनःनिर्माण हुन लागेको मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ । मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने छ । महानगरप्रमुख शाहले उक्त मन्दिर पुनःनिर्माण मात्र नभएर संस्कृतिको पुनःजागरणसमेत भएको बताए ।














काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया