पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले बताएका छन् ।
आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार बिहान ११ः३० बजेको आशपासमा भएको उनको भनाई छ । आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतंककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ । आक्रमण पछि सुरक्षा बलको जबाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ ।
क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उदृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ । विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताएका छन् ।
घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरे ।
स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उदृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको छ ।
अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानुन बमोजिम कारवाही गरिने बताए ।










बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया