शुक्रबार, फागुन १५, २०८२

जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

मेरोन्यूज २०८२ असोज १५ गते १२:५०

काँक्रविहार (सुर्खेत)। जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते हुनुभएको छ । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया