युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ । साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।
युक्रेनको राज्य आपतकालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रूसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ । सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।
करिव तेह्र हजार वर्ग मिटर मा फैलिएको आठवटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपतकालीन सेवाले जनाएको छ । गत सेप्टेम्बरमा रूसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सातवटा घोडाहरू मारिएको जनाइएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया