महिला टी-२० सिरिज : मलेसियाविरुद्ध नेपालको तेस्रो प्रतिस्पर्धा आज
मेरोन्यूज
२०८२ असोज १९ गते ८:०१

काठमाडौं ।अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। आज नेपालले सिरिजको तेस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो।
शनिबार भएको दोस्रो खेलमा नेपाल विजयी भएसँगै पाँच खेलको सिरिजमा नेपाल र मलेसियाले १-१ को बराबरी गरेका छन्।शनिबारको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो।
बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया