कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

कञ्चनपुर। जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो ।
यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो । “सूचना प्रकासित भएपछि केही कैदी तथा थुनुवाहरु सम्पर्कमा आए” कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले भने, “अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन् ।”
उहाँका अनुसार निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने छ । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने उनले बताए ।
फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए ।
ती मध्ये अझै एक सय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया