भारतको पश्चिम बङ्गालमा भारी वर्षा, मृत्यु हुनेकाे संख्या २४ जना

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ ।
प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौं बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ । प्रकोपका कारण सुचना तथा सञ्चार सञ्जालहरु पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।
पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा सडक अवरोध निम्त्याएको छ । अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थलहरू बन्द गरेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले आइतबार साँझ आपतकालीन बैठक बोलाइ सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन्। “अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बङ्गालमा पानी भरिएको जनाइएको छ ।
प्राकृतिक प्रकोपहरू नियन्त्रण भन्दा बाहिर भएको बताउदै बनर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र बर्षाले कम्तिमा सातवटा स्थानमा पहिरो र बाढी निम्त्यायोएको जनाएका छन् । भारी वर्षाले उत्तर बङ्गालका अन्य क्षेत्रहरू जस्तै जलपाईगुडी, सिलिगुडी र कुचबिहारलाई पनि असर गर्दा धेरै क्षेत्रहरूमा जलमग्न भएको छ ।
टेलिभिजन तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ । भारतीय मौसम विभागले सोमबार सम्म दार्जिलिङ र कालिम्पोङसहित उप–हिमालयी पश्चिम बङ्गालमा भारी वर्षाको चेतावनी जारी गरेको छ । कुचबिहार र जलपाईगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया