मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले जित्यो पाँच खेलको टी–२० सिरिज

काठमाडौं ।मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले जितेकाे हाे ।
घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि राजमती ऐरीले तीन विकेट हात पारिन् भने कविता कुँवरले दुई विकेट लिइन् ।
ऐरीले तीन ओभर बलिङ गर्दै १५ रन खर्चिएर तीन विकेट लिएकी हुन् । कुँवरले चार ओभर बलिङ गर्दा १६ रन दिएर दुई विकेट हात पारेकी हुन् । नेपालका लागि अर्को एक विकेट रचनाकुमारी चौधरीले हात पारिन् ।यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।















अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया