टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
मेरोन्यूज
२०८२ असोज २४ गते २०:०७

काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बनेको छ ।
शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर-६ मा पुगेको छ ।
जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए ।यस्तै कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले १४ र गुल्सन झा २८ रन जोडे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया