एमाले सचिवालय बैठकमा मागियो ओलीको राजीनामा
मेरोन्यूज
२०८२ असोज २४ गते २१:५२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरूले सुझाएका छन् ।
शुक्रबार गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गरेको स्रोतले जानकारी दियो । अब ओलीबाट पार्टी नचल्ने भन्दै उनले राजीनामा दिनुपर्ने बताइन् ।
उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले पनि ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बतायो । यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन हुनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी, पाण्डे र युवराजसहित विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उममहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
सम्बन्धित















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया