एमाले सचिवालय बैठकमा मागियो ओलीको राजीनामा
मेरोन्यूज
२०८२ असोज २४ गते २१:५२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरूले सुझाएका छन् ।
शुक्रबार गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गरेको स्रोतले जानकारी दियो । अब ओलीबाट पार्टी नचल्ने भन्दै उनले राजीनामा दिनुपर्ने बताइन् ।
उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले पनि ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बतायो । यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन हुनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी, पाण्डे र युवराजसहित विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उममहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
सम्बन्धित
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया