दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।
दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।
लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार,“हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।”
मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्, जसलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उद्धार टोलीले अझै पनि बाँकी यात्रुहरूको खोजी गरिरहेको छ ।
दुर्घटनाको सम्भावित कारणबारे मन्त्री माथ्येले भन्नुभयो,“चालकको थकान वा गाडीमा आएको यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्छ ।”
दक्षिण अफ्रिका आधुनिक सडक सञ्जाल भएको मुलुक भए पनि दुर्घटनाको दर निकै उच्च छ । यहाँको सडक दुर्घटनामा प्रायः अतिवेग, लापरवाहीपूर्ण ड्राइभिङ र असुरक्षित सवारीसाधनहरू जिम्मेवार हुने गरेको बताइन्छ ।
















No immediate Nipah virus threat in Sri Lanka: health official
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
Light snowfall and rain likely in Koshi, Bagmati and Gandaki today
Fire breaks out at Woodland Hotel
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया