कतारविरूद्ध नेपालको रोमाञ्चक जित

मस्कट। ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।
नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्।
उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।यसैबीच, सोमबार नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पारेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ।२०७९ कात्तिक २५ मा पहिलो पटक कप्तान बनेका रोहितको नेतृत्वमा नेपालले अहिलेसम्म १०० अन्तर्राष्ट्रिय खेल खेलेको हो ।
रोहितको कप्तानीमा नेपालले टी–२० आईमा ३०जित, १८ हार र ३ बराबरी खेलेको छ । एकदिवसीयमा २५ जित र २० हारको रेकर्ड रहेको छ। उनको स्थिर नेतृत्व र टोलीको एकतालाई धन्यवाद दिँदै नेपाल अहिले विश्वकपको नजिक पुगेको छ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया