सोमबार, वैशाख १४, २०८३

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

मेरोन्यूज २०८२ असोज २८ गते १७:२१

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ। यो अफरअन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको नि:शुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन्।

Advertisement
NiccNicc

यस अफरले टुनल्याण्डधनीलाई सर्भिस खर्चको चिन्ताबिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइलजस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्चस्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्।

फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ। यी सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहनेछ।

३१ अक्टोबर २०२५ सम्म मान्य रहने यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया