कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनी बस्दै

काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।
यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आजको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राख्नुभएको थियो ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको र कार्यसमितिको बैठक शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले बताउनुभयो । यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको थिए ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणकारीको साङ्घातिक हमलामा परी घाइते हुनुभएका सभापति देउवा उपचारपछि स्वास्थ्यलाभ गरिरहनुभएको पार्टी कार्यालयले जनाएको छ ।










सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया