आसिफ र दीपेन्द्रको अर्धशतकमा नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएकाे छ ।
टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो। नेपालले आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतककाे मद्दतमा याे विशाल लक्ष्य खडा गरेकाे हाे ।
नेपालका लागि आसिफले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । त्यसैगरी लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।
यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । सामोआ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया