एसियाली ‘युथ गेम्स’मा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । तेस्रो एसियाली ‘युथ गेम्स’मा नेपालबाट विभिन्न पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बहराइनमा हुने उक्त प्रतियोगिता यही कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । नेपालबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीको ‘अफिसियल’ प्रतिनिधिमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिँदै बिदाई गरे ।
मुवाँथाई टोली भोलि बहराइन जाने छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया