ब्राजिलमा मदिरा सेवनबाट ९ जनाकाे मृत्यु

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, अझै ७ मृत्युमाथि अनुसन्धान भइरहेको छ।
जीन, भोड्का र ह्विस्कीजस्ता डिस्टिल्ड (आसवित) मदिरामा मिथेनोल जस्तो मानव स्वास्थ्यका लागि घातक पदार्थ मिसाइएको पुष्टि गत सेप्टेम्बर महिनामा भएको हो। यी मदिरा साओ पाउलोसहित ब्राजिलका विभिन्न क्षेत्रका बार र वितरकहरूमार्फत बिक्री गरिएको थियो।
घटनापछि प्रहरीले अवैध गोदामहरूमा छापा मारेर मदिराका बोतल र लेबलहरू बरामद गर्न विशेष अभियान चलाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म साओ पाउलो राज्यमा ६, पर्नामबुको राज्यमा २ र पेराना राज्यमा १ जनाको मृत्यु पुष्टि भएको छ।
साओ पाउलो सबैभन्दा बढी प्रभावित राज्य हो, जहाँ ३८ जनामा मिथेनोल विषाक्तता पुष्टि भइसकेको छ भने थप १९ घटना अनुसन्धानको चरणमा छन्।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया