पोखरा एभेन्जर्समा इंग्लिस विकेटकिपर रोसिङगटन
मेरोन्यूज
२०८२ कार्तिक ७ गते १३:३७

काठमाडाैं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि इंग्ल्यान्डका अनुभवी विकेट किपर तथा ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ।
मंसिर १ गते सुरु हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरिएको पोखराले जनाएको छ। रोसिङटनले नेपालमा पहिलो पटक खेल्न लागेका हुन् ।
मिडलसेक्सबाट खेल जीवनको सुरुवात गरेका उनले नर्थह्याम्पटनसायर र एसेक्सबाट पनि खेले । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टि ट्वान्टी फार्मेटमा सयौँ खेल खेलेका छन् ।
रोसिङटनसँग विश्वभरका प्रमुख टि ट्वान्टी लिगको अनुभव छ। पोखरा एभेन्जर्सले रोसिङटनको अनुभव र आक्रामक ब्याटिङले टोलीको प्रदर्शनमा नयाँ उचाइ ल्याउने विश्वास गरेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया