दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौँ । भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ । दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट सङ्घले जनाएको छ ।
सङ्घका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलङ्का र इङ्ल्यान्डको सहभागिता रहनेछ । आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ ।
त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ । नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछ । त्यसपछि नेपाली टोली श्रीलङ्का पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलङ्काको कोलम्बोमा हुने जनाएको छ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया