एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने

काठमाडौं। तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुनेछ ।
जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।
समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ छिन् । पामकै सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।
टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको छ । वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।
एसियाली युथ गेम्सकै लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन जाने छन् ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया