ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान
मेरोन्यूज
२०८२ कार्तिक १० गते १९:०७

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा भाग लिन मन्त्री घिसिङ आज भारत प्रस्थान गरेका हुन् ।
नयाँ दिल्लीमा १३ गतेसम्म चल्ने यो सभा मा ४० भन्दा बढी देशका मन्त्री सहभागी हुनेछन् । आईएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।
सम्बन्धित











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया