साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको जित

नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।
सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो।
नेपालको जितमा दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।
त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।
एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो ।
नेपाल र भारतको महिला फुटबल टोलीबीच अहिलेसम्म १९ खेल भएका छन्। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ भने भारतले ११ खेल जितेको छ। ५ खेल बराबरीमा सकिएका छन्।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया