आज कात्तिक १५ गते शनीबार, कुन राशिकाे भाग्य कस्ताे ?

आज २०८२ साल कात्तिक १५ गते शनीबार। तदनुसार सन् २०२५ नाेभेम्बर १ तारिख। कार्तिक शुक्लपक्ष । तिथि–एकादशी, ५१ घडी ४१ पला, रातको २ बजेर ५६ मिनेट उप्रान्त द्वादशी । चन्द्रराशि–कुम्भ नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आफूभन्दा ठूला प्रति आत्मीय भाव बढ्नेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
वृष : समाजमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा आफ्नो कामले अधिकारीहरूलाई प्रभाव छोड्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आध्यात्मिक क्षेत्रतिर मन जानेछ। शिक्षाको क्षेत्र फराकिलो रहनेछ। अरुको सहयोगमा पनि जुट्नुपर्ने अवस्था देखिएको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग नमिल्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपिनमा सजग रहनुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
सिंह : साझेदारी व्यापार बाट लाभ मिल्नेछ। नयाँ अवसरको लाभ उठाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
कन्या :कार्यक्षेत्रमा प्रभावशाली ढंगले कुरा राख्न नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। प्रयोगात्मक परीक्षाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला : सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। महत्वपूर्ण कार्यमा इष्टमित्रहरूको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
धनु : आँटेका कार्यमा सफलता मिल्नेछ। नोकरीलाई लिएर उच्च पदाधिकारीहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मकर : कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। मादक पदार्थको सेवनबाट टाढा रहनुहोस्। फजुल खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापार व्यवसायमा अड्किएको रकम उठ्नेछ। सानो प्रयासले पनि अप्ठ्यारा कार्य सिद्धि गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ
मीन : नँया अवसरको लागि दौडधुप गर्नुपर्ला। अध्यात्मतर्फ झुकाव बढ्नेछ। रोजगारको लागि नयाँ अवसर मिल्नेछ। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
















वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार जना पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया