आईसीसी विश्वकप लिग–२ : नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै
मेरोन्यूज
२०८२ कार्तिक १५ गते ११:२०

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ ।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।जारी शृङ्खलामा लगातार दोस्रो हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर पनि रहेको छ ।
नेपाल यसअघिका खेलमा अमेरिकासँग १०६ रन तथा युएईसँग ५ विकेटले पराजित भएको थियो ।लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।
नेपालले यो शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया