आईसीसी विश्वकप लिग–२ : नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्दै
मेरोन्यूज
२०८२ कार्तिक १५ गते ११:२०

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ ।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।जारी शृङ्खलामा लगातार दोस्रो हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर पनि रहेको छ ।
नेपाल यसअघिका खेलमा अमेरिकासँग १०६ रन तथा युएईसँग ५ विकेटले पराजित भएको थियो ।लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।
नेपालले यो शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।
सम्बन्धित













एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रतिक्रिया