शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।
सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै काम पूरा गर्नुपर्नेमा उहाँले जोड दिए । साथै संयोजक प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरे ।













सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया