विश्वकप लिग-२ : अमेरिकासँग चार विकेटले पराजित
मेरोन्यूज
२०८२ कार्तिक १५ गते १९:३६

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो।
२ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पार्यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरिले ७५, करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिए।
अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २–२ विकेट झारे। अब नेपालले आफ्नो चौथो खेल बुधबार यूएईविरुद्ध खेल्नेछ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया