साेमबार घट्याे सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव २२, वित्त शून्य दशमलव १२, जलविद्युत् एक दशमलव ०५, लगानी शून्य दशमलव ७०, जीवन बीमा एक दशमलव ०५, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको छ लाख १९ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया