मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

काठमाडौं। होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ ।
प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स तथा ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।
दोश्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेरसमूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ ९जेटीआई० को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।
पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया