कात्तिक १८ गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक शुक्ल पक्षको चतुदर्शी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : मानसम्मान वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। कानुन वा न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
वृष : धनमा वृद्धि हुनेछ। आफन्तहरूबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : रोकिएको कार्य बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। धन आर्जनका नयाँ योजनाहरू अगाडी बढ्नेछन्। गोप्य कुराहरू बाहिरिनाले समस्या आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट : अनावश्यक कार्यमा सहभागी जानइनेछ। कडा मेहनतले मात्रै गरिएको कामबाट लाभ प्राप्त होला। आफू कमजोर भएको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आलस्यले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कन्या : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। अरुको झैँ झगडामा नपर्नुहोस्। बोलीमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला :नयाँ कार्यको रूपरेखा बन्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आजका शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक : स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आफन्तहरू मध्य वैचारिक मतभेदको सम्भावना रहेको छ। परोपकारी कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु : अध्ययन वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ। पहिला प्राप्त भएको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको कामको चर्चा हुनेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ.
कुम्भ : बल वा बुद्धिको उपयोगले अधिकार जोगाउन सफल भइनेछ। मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
मीन : अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। सम्मानित स्थानको प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। मिठो बोलीले कार्य सम्पादन हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया