शुक्रबार, वैशाख १८, २०८३

फुट्यो माओवादी, जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

मेरोन्यूज २०८२ कार्तिक १८ गते १६:३७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।

Advertisement
NiccNicc

प्रचण्ड संयाेजक रहेको नेकपा माओवादी केन्द्रसहित आठ दलबीच हुने भनिएको एकताप्रति असन्तुष्टि जनाउँदै नेता शर्माले मंगलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनबाट याे अभियान घोषणा गरेका हुन्। सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि उपस्थित थिए ।

जनार्दनले आफूहरूको कमजोरी स्वीकार गर्दै नयाँ सोच, नयाँ पुस्ता र नयाँ अभ्याससहित अघि बढ्ने बताए। उनले भने, ‘प्रगतिशील अभियान, नेपाल’ ले विखण्डित वाम तथा प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा लैजाने दीर्घकालीन राजनीतिक प्रयास सुरु गर्नेछ।’

प्रतिक्रिया