पूर्वराष्ट्रपति डा यादवसँग गृहमन्त्री अर्यालको भेट

काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा यादवसँग भेटवार्ता गरेका हुन्। त्यसक्रममा गृहमन्त्री अर्यालले उहाँको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थियो ।
उनले ‘जेनजी’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराए । सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको भन्दै मन्त्री अर्यालले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति डा यादवलाई समाजका सबै पक्षलाई निर्वाचनउन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह गरे । पूर्वराष्ट्रपति डा यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गरे।
पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्ति सामेल भएका कारण अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको उनको भनाइ थियो । पूर्वराष्ट्रपति डा यादवले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव पनि सुनाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
“त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको थियो । पछिल्लो अवस्थाअनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईँहरू मेहनतका साथ लागिरहनुभएको छ । यो सराहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ”, उनले भनेका थिए।
पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । डा यादवले भने, “तोकिएको समयमा चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्छ ।
हालको व्यवस्था र प्रक्रिया ‘डिरेल’ भयो भने ‘प्यान्डोरा’ बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक केन्द्रित भएर लागेको मलाई महसुस भएको छ ।”









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया