बुधबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कती ?

काठमाडौँ। राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

















मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
पूर्णबहादुर खड्काले मागे पार्टीका लागि मत
Gold and silver prices rise
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया