सोमबार, मंसिर १, २०८२

समाज भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

मेरोन्यूज २०८२ कार्तिक २० गते १८:५०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा भेला भएका विभिन्न नेता कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वश्रेष्ठ र सुन्दर गन्तव्यका रुपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य बोकेर आफूहरु अघि बढेकामा त्यसलाई रोक्न खोज्ने तत्वहरु हावी भएको आरोप लगाए। असन्तुष्टिलाई सम्मानपूर्वक राख्ने नेपाली परम्परा विपरीत अशिष्ट र अमर्यादित एवं हिंस्रक रुपमा गतिविधि गरेर आन्दोलन गर्ने अभ्यास गलत भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सर्वाेच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताए । सो अवसरमा उनले रेशम लामाद्वारा लिखित गीतिसङ्ग्रह विमोचन गरे । गीतमा जेबी घिमिरे र प्रतिमा अर्यालको स्वर रहेको छ ।

प्रतिक्रिया