आइतबार, फागुन १७, २०८२

एन आई सी एशिया बैंकका नवनियुक्त सिइओ शाक्यद्वारा पदभार ग्रहण

मेरोन्यूज २०८२ कार्तिक २० गते २०:३८

एन आई सी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको सञ्चालक समितिको बैंठकको निर्णयबमोजिम शाक्यले बिहिबार पदभार ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका हुन् ।

सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा शुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड., तत्कालिन लक्ष्मी बैंक लिमिटेड हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरी बैंकिङ क्षेत्रको अनुभव लिएका छन् ।

तत्कालिन बैंक अफ एशिया नेपाल र एन आई सी बैंकको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एन आई सी एशिया बैंकमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिएतत्कालिन सिभिल बैंक., तत्कालिन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरी बैकिङ क्षेत्रमा राम्रो अनुभव प्राप्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत शाक्यको लामो बैंकिङ अनुभवका कारण बैंकले उनको कार्यकालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया