बजाज चेतक ईभी– धिरेन श्रेष्ठको लोमान्थाङ यात्राको प्रत्यक्ष अनुभव

काठमाडौं । विद्युतीय सवारी साधनका पारखी धिरेन मानश्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरे । यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको छ।
“मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,” धिरेन मान श्रेष्ठले भने । “काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओरालीमार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन गयो ।यसको स्मूथ पावर डेलिभरी, प्रभावशाली रेंज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र हाेइन आनन्ददायी पनि बनायो ।”
श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले देखाउँछ कि ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् ।“यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीकालागितयार छ भन्ने प्रमाणित गर्छ”, उनले थपे ।
बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौतान गरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।
















सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया