इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ। ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ । पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, “एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ ।” रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।
निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
लुटिएको ‘ग्यास गन’ सहित एक जना पक्राउ
गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोलीगट्ठाहरूमध्ये निज ढुङ्गानाले आफ्नो कोठामा लुकाइ राखेको भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गरिएको हो।”
निजको साथबाट प्रहरीले ११००६०८१ नम्बर भएको कोरियामा बनेको एन्टी रायट गन ३८ मिमी लेखिएको मल्टी ‘ग्यास गन’ एक थान, भीड नियन्त्रणमा प्रयोग हुने ‘लेग गार्ड’ एक थान तथा सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रवक्ता आचार्यले बताउनुभयो । आज निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया