झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा,। शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । खेलको ७०औँ मिनेटमा पुलिस क्लबले खेलमा अग्रता बनाएको थियो । पुलिस क्लबकी मीना देउवाले सटिक हेडमार्फत पहिलो गोल गरेकी थिइन् । यसपछि ८२औँ मिनेटमा पुलिस क्लबकै रेखा पौडेलले दोस्रो गोल गरिन् । खेलको प्लेयर अफ द म्याच पुलिस क्लबकी रेखा पौडेल भइन् ।
उनले नगद रु १५ हजार र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । दुई–शून्य गोलको जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छभने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार एपिएफ र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनलको अर्को प्रतिस्पर्धा हुनेछ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया