हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग पराजित
मेरोन्यूज
२०८२ कार्तिक २२ गते ७:४८

काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।
यता नेपालका लागि लोकेश बमले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
सम्बन्धित











गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया