बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन (बागलुङ), २२ कात्तिकः बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उहाँको भनाइ छ ।
पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले दुर्घटनामा परेका सबैको पहिचान खुल्यो, रातिमा दुर्घटना भएको हुँदा हामी उद्धार गरेर अस्पताल पठाउनतर्फ लाग्यौँ, दुर्घटना भएको केही समयमै खबर पायौँ र उद्धार पनि समयमै भयो, तर एक जनाको घटनास्थलमै मृत्यु भयो, घाइतेमध्ये एक जना घर फर्किसक्नुभयो भने चालक उपचाररत छन्।”









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया