आइतबार, वैशाख २०, २०८३

मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो

मेरोन्यूज २०८२ कार्तिक २२ गते २०:०८

काठमाडौं।मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् ।

Advertisement
NiccNicc

प्रदेशसभाको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् ।

रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन्।

उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए। उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए।

उनले आफ्नो पार्टीले अब आफूलाई जेगरेपनि आफूले कसैलाई विश्वासको मत नदिने बताए। सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताए।

सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया