आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट उद्धार गरिएको छ। “उनीहरूलाई समुद्रको लहरबाट सुरक्षित रूपमा निकालिएको छ,” एक उद्धारकर्ता र पिडितमध्ये एक व्यक्तिकी पत्नीले सोमबार जानकारी गराए ।
“भियतनामको मध्य तटको पानीमा तीन जहाजले गरेको अपरेशनमा शनिबार उनीहरूलाई धेरै घण्टा लगाएर उद्धार गरिएको थियो,” उद्धार जहाजहरू मध्ये एकमा सवार एक उद्धाररकले भने। काल्मेगी बिहीबार देशको आँधीबेहरीले प्रभावित मध्य क्षेत्रमा अवतरण भएको र यसका कारण कम्तीमा पाँच भियतनामी नागरिकको मृत्यु भएको थियो । यसअघि, सोही आँधीका कारण फिलिपिन्समा २०० भन्दा बढीको मृत्यु भएको थियो ।
डुङ्गाले तीन जनामध्ये एक जनालाई सुरक्षित स्थानमा ल्याएपछि ४० वर्षीय फान हाउले एएफपीलाई भन्नुभयो, “हामी पूर्ण रूपमा स्तब्ध भयौँ । बाँच्ने आशा गुमाएका थियौँ।” “हामी मध्ये कसैले पनि बाँच्ने आशा मारिसकेका थियाँै । जहाजमा उद्धारका लागि गएका हामी १० जनामध्ये धेरैले उनीहरूलाई जीवित पाउने आशा राखेका थिएनन् । तर जव भेटे उनलाई जीवित पाए। त्सले आफुहरूको दुःख बिर्साइदिएको उद्धारकर्मीहरूले बताए ।
उद्धार गरिएकामध्ये एक ४४ वर्षीय डुओङ क्वाङ कुओङ पारिवारिक विवादपछि बिहीबार दिउँसो पानीमा हाम फालेपछि ती तीन जना उनलाई खोज्न पानीमा पसेकासरकारी सञ्चारमाध्यमले जनाएका छन् । ले क्वाङ सान र फाम डुय क्वाङले कुओङलाई बचाउने प्रयास गर्न एउटा सानो डुङ्गामा लाइफ ज्याकेटको साथ डुङ्गा चलाए, तर जहाज पल्टियो र तीनै जना किनारबाट टाढा पुगे र अन्ततः अलग भए । क्वाङलाई शनिबार बिहान ली सोन टापुको दक्षिणमा हाई नाम ३९ जहाजले उद्धार गरेको थियो । उनीहरूलाई अहिले परिवारको जिम्मा लगाइएको छ भने आवश्यक उपचारका लागि अस्पताल भर्ना पनि गरिएको छ।
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया