आइतबार, पुष ६, २०८२

मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

मेरोन्यूज २०८२ कार्तिक २६ गते १२:४५

काठमाडाैं । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दाको पेसी सर्वोच्च अदालतमा न्यायाशीश नित्यानन्द पाण्डेय इजलासमा परेको छ ।

मधेश प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगातले पेस गरेको रिटको सुनुवाइ आज न्यायाशीश पाण्डेयको इजलासमा हुने भएको हो ।

नेकपा एमाले बाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका हुन्।

मधेश प्रदेशकी तत्कालीन प्रमुख भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीलाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया