श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीहरूलाई आफ्नो देशको जल–क्षेत्रमा अवैध शिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताएका छन् ।
उनले पत्रकारहरूलाई नौसेनाले भारतीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका छन् ।
सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेहरुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउदै श्रीलङ्काको जल–क्षेत्रमा विदेशी माझीहरूको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उनले बताए।
गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताए ।
पछिल्लो समयमा श्रीलङ्कामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिहरूको प्रयोगका कारण श्रीलङ्काको पानीमा अवैध शिकार गर्ने विदेशी माझीहरूले स्थानीय माझीहरू र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उनले दुख व्यक्त गरेका छन् ।
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया