श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीहरूलाई आफ्नो देशको जल–क्षेत्रमा अवैध शिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताएका छन् ।
उनले पत्रकारहरूलाई नौसेनाले भारतीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका छन् ।
सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेहरुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउदै श्रीलङ्काको जल–क्षेत्रमा विदेशी माझीहरूको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उनले बताए।
गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताए ।
पछिल्लो समयमा श्रीलङ्कामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिहरूको प्रयोगका कारण श्रीलङ्काको पानीमा अवैध शिकार गर्ने विदेशी माझीहरूले स्थानीय माझीहरू र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उनले दुख व्यक्त गरेका छन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया