पीएलओ ग्रुप र विराटनगर किंग्सबीच स्पोन्सरशिप सम्झौता

विराटनगर । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ।
सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलालको उपस्थिति रहेको थियो।
कार्यक्रममा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विराटनगर किंग्सको टिमले कोशी प्रदेशको नै गौरव बढाइरहेको उल्लेख गरे।
त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए।
















२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया