प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी

बैतडी।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले निङ्गलाशैनी क्रिकेट क्लब विजयी भएको छ । निङ्गलाशैनीले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको हो । जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलपाल २७ दशमलब २ ओभरमा १४४ रनमा समेटियो ।
उसका लागि प्रदीप चन्दले ४० रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि कप्तान ऋषिकेश बोहराले ४ र गजेन्द्र बोहराले ३ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनायो ।
उसका लागि गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी बने । बलिङतर्फ कैलपालका प्रदीप चन्दले ५ र कप्तान अमर चन्दले २ विकेट लिए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् ।











गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया