प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी

बैतडी।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले निङ्गलाशैनी क्रिकेट क्लब विजयी भएको छ । निङ्गलाशैनीले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको हो । जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलपाल २७ दशमलब २ ओभरमा १४४ रनमा समेटियो ।
उसका लागि प्रदीप चन्दले ४० रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि कप्तान ऋषिकेश बोहराले ४ र गजेन्द्र बोहराले ३ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनायो ।
उसका लागि गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी बने । बलिङतर्फ कैलपालका प्रदीप चन्दले ५ र कप्तान अमर चन्दले २ विकेट लिए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् ।
















पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया