आइतबार, वैशाख २०, २०८३

याे सरकारलाई निर्वाचन गराउने हक छैन : ओली

मेरोन्यूज २०८२ कार्तिक ३० गते १७:३३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।

Advertisement
NiccNicc

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको दाबी पनि गरे।

देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने उनले स्पष्ट पारे। यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरू फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले। भनिरहनुपर्छ र भन्या? देशको सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र? गर्ने नै होइन नि। चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ। तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरु बाहिर छन्। यस्तो सरकार। असंवैधानिक सरकार। योसँग चुनाव गराउने केको हक छ? हक नै छैन। यो अनधिकृत हो। त्यसकारण यस्तो अनधिकृत, अनुभवविहीन छ।’

प्रतिक्रिया